आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, १४ असार २०८३, ०८ : ४७
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मञ्च शेयर गर्दैछन् । 

मदन भण्डारी फाउण्डेसनले भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा गर्ने कार्यक्रममा ओली, प्रचण्डसहितका कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिन लागेका हुन् ।

‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली-प्रचण्डका अलवा माधव कुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने बताइएको छ । 

कार्यक्रममको प्रमुख अतिथिका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस