नेकपाको समानान्तर केन्द्रीय समिति बैठक आज

दुवै पक्ष एक अर्कालाई कारवाही गर्ने तयारीमा, औपचारिक रुपमै आजै पार्टी फुटको सम्भावना

ओली पक्षको बैठक बालुवाटारमा बस्दै, प्रचण्ड पक्षको बबरमहलको कार्की ब्याङकेटमा बस्ने

सफल खबर संवाददाता

मंगलबार, ०७ पुस २०७७, ०८ : ४१
दुवै पक्ष एक अर्कालाई कारवाही गर्ने तयारीमा, औपचारिक रुपमै आजै पार्टी फुटको सम्भावना

काठमाडौं । तीस महिना अगाडी समाजबाद सम्म पुग्ने लक्ष्यका साथ दुई ठूला कम्युनिष्ट पार्टी बीच एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेको छ । पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री समेत रहेका केपी ओली र अर्का अध्यक्ष प्रचण्डले समानान्तर रुपमा पार्टी केन्द्रीय समिति बैठक बोलाएपछि नेकपा विभाजित हुन लागेको हो । 

ओलीले अहिले बिहान बालुवाटारमा आफु पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । प्रचण्ड, वरिष्ठ नेता माधव नेला, झलनाथ खनाल सहितका बहुमत केन्द्रीय सदस्यको बैठक बबरमहलको कार्की ब्याङकेटमा बस्दैछ । दुवै पक्षका समानान्तर केन्द्रीय समिति बैठकबाट एक अर्काे पक्षलाई कारवाही गर्ने तयारीमा जुटेका छन् । प्रचण्ड नेपाल पक्ष प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटि बैठक चलिरहेका बेला पार्टीलाई जानकारी विनै संसद नै विघटन जस्तो प्रतिगामी बाटोमा लागेका कारण उनलाई कारवाहीको तयारीमा छ ।

दाहाल पक्षसँग झण्डै २०४, नेपाल पक्षसँग १०३ र ओलीसँग १३० आसपासका नेताहरु छन् । यसरी हिसाव गर्दा ओलीसँग झण्डै ३० प्रतिशत मात्र केन्द्रीय सदस्यहरु रहने देखिएको छ । ७० प्रतिशत नेताहरु अर्काे पक्षसँग हुनेछन् । यसो गर्दा प्रचण्ड नेपाल समुहले बोलाएको केन्द्रीय समिति र त्यसले गरेको निर्णय वैध हुने देखिन्छ ।

पुस ५ गते बसेको स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारवाहीको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको थियो । त्यही प्रस्ताव आजको केन्द्रीय समितिमा लैजादैंछ । ओली पक्षले पनि राष्ट्रपतिकँहा समावेदन बोकर आफुलाई जानकारी नदिई सांसदहरु गएकोले त्यसमा जाने नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ । दुवै पक्षले एक अर्काेलाई कारवाही गरेपछि नेकपा औपचारिक रुपमा आजबाट विभाजन हुनेछ ।

केन्द्रीय समिति देखि संसदमा समेत ओली अल्पमतमा छन् । बहुमत पक्षले गरेको निर्णयका आधारमा पार्टीको वैधानिकता हुने देखिएको छ । नेकपाभित्रको त्रिपक्षिय शक्ति सन्तुलनमा दाहाल र नेपाल समुह एकातिर मिल्दा यो समुहसँग केन्द्रीय समिति देखि संसदीय दल सम्ममा बहुमत देखिएको छ । उता दुई पक्ष एकातिर मिल्दा प्रधानमन्त्री केपी ओली पक्ष भने केन्द्रीय समिति देखि संसदीय दल सम्ममा अल्पमतमा देखिएको छ । नेकपामा केन्द्रीय समिति ४४१ सदस्यीय छ ।

जसमध्ये दाहाल पक्षसँग झण्डै २०४, नेपाल पक्षसँग १०३ र ओलीसँग १३० आसपासका नेताहरु छन् । यसरी हिसाव गर्दा ओलीसँग झण्डै ३० प्रतिशत मात्र केन्द्रीय सदस्यहरु रहने देखिएको छ । ७० प्रतिशत नेताहरु अर्काे पक्षसँग हुनेछन् । यसो गर्दा प्रचण्ड नेपाल समुहले बोलाएको केन्द्रीय समिति र त्यसले गरेको निर्णय वैध हुने देखिन्छ ।

ओलीले आजको बैठकमा उपस्थित हुने नेताहरुको टाउको गनेर सरकारमा रहेका कारण सत्ताको अधिकार प्रयोग गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सम्भावना बढेको छ । आफ्नो दल बनाउन पनि ओलीले त्यसो गर्नुपर्ने अवस्था छ । त्यसका लागि उनले अध्यादेशको भित्री तयारी पूरा गरिसकेका उनी निकट नेताहरुको भनाई छ । आजको दुवै पक्षका बैठक पछि नेकपा संग्लो नहुने प्रष्ट देखिएको छ । सबै केन्द्रीय सदस्यहरु काठमाडौं आईपुगि सकेका छन् ।