काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेता–कार्यकर्तालाई फर्किन गरेको आह्वानलाई स्वागत गरेका छन् । उनले यो पहललाई समयानुकूल र आवश्यक बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ।’
उनले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार भएको उल्लेख गरेका छन् ।
भट्टराईले शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको साझा केन्द्र एमाले हुनुपर्ने बताएका छन् । भट्टराईले लेखेका छन्, ‘कमरेडहरू, आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौँ।’
उनले अब निषेध, प्रतिशोध र घृणा त्याग्नु पर्ने बताएका छन् । ‘निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ’, उनले लेखेका छन् ।
भट्टराईले पार्टी एकताको आधार स्पष्ट गर्दै चार बुँदा प्रस्तुत गरेका छन्–
– जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
– पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको योगदानलाई स्वीकार गर्ने ।
– २०८२ भदौ २३ र २४ पछि उत्पन्न परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरी बहुआयामिक पुनर्गठन गर्ने ।
– नेकपा एमालेको नेतृत्वमा समतामूलक समाज निर्माण गर्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली
२७ गते सल्लाघारीमा सहभागी हुन केपी ओलीले पठाए पत्र
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
‘सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिँदैन’ : ओली
‘मलाई र लेखक थुन्नुलाई यो सरकारले सुशासन ठानिरहेको छ’ : ओली