काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका नेता–कार्यकर्तालाई फर्किन गरेको आह्वानलाई स्वागत गरेका छन् । उनले यो पहललाई समयानुकूल र आवश्यक बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ।’
उनले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार भएको उल्लेख गरेका छन् ।
भट्टराईले शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको साझा केन्द्र एमाले हुनुपर्ने बताएका छन् । भट्टराईले लेखेका छन्, ‘कमरेडहरू, आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौँ।’
उनले अब निषेध, प्रतिशोध र घृणा त्याग्नु पर्ने बताएका छन् । ‘निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ’, उनले लेखेका छन् ।
भट्टराईले पार्टी एकताको आधार स्पष्ट गर्दै चार बुँदा प्रस्तुत गरेका छन्–
– जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
– पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको योगदानलाई स्वीकार गर्ने ।
– २०८२ भदौ २३ र २४ पछि उत्पन्न परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरी बहुआयामिक पुनर्गठन गर्ने ।
– नेकपा एमालेको नेतृत्वमा समतामूलक समाज निर्माण गर्ने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन
राज्य संयन्त्रबाट अपमानजनक व्यवहार भएको ओलीको आरोप
अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने ओलीको दाबी
ओलीले गरे झापा-५ बाट उम्मेदवारी दर्ता
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान