काठमाडौं । माओवादी केन्द्रसित पार्टी एकताको विपक्षमा रहेका नेकपा एसका नेताहरू पनि विभाजित भएका छन् ।
पार्टी पुनर्गठन गर्ने पक्षमा रहेका झलनाथ खनाल-घनश्याम भुसाल पक्षले गौशालामा बैठक गरिरहेका छन् । तर, रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, डा. वंशीधर मिश्रसहित होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना, अर्जुन राईहरु एमाले फर्किने पक्षका नेता-कार्यकर्तालाई एकीकृत गरिरहेका छन् ।
पूर्वसांसद किसान श्रेष्ठले एमालेसँग वार्ता र सहमति पक्षधर एक ठाउँमा रहेको पुष्टि गरे । ‘कसैले हाम्रो टाउको नगने हुन्थ्यो । हामी कसैका पछि लागेका छैनौं, अब एमालेमा फर्किने हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ-घनश्याम पक्षीय नेताहरू छुट्टै छलफलमा
माधवलाई झलनाथको प्रश्न-महाधिवेशनले पारित गरेको दस्ताबेज किन प्रकाशित भएन ?
झलनाथलाई भेट्न डल्लु पुगे नारायणकाजी
झलनाथ भेट्न डल्लु पुगे वामदेव