काठमाडौँ। तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का, स्थान हद तोकेको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्यालय, जेनजी घटनासम्बन्धी गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र गृह मन्त्रालयसमेतलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् ।
आयोगले ओली, लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान आयोगका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन सिडिओ छविलाल रिजालको पासपोर्ट रोक्का साथै काठमाडौँ उपत्यका छाड्न नपाउने गरी स्थान हद तोकेको थियो ।
जाँचबुझ आयोगको उक्त निर्णय सम्मानपूर्वक बाँच्न पाउने अधिकार गैरकानुनी रहेको भन्दै सिलवालले रिटमा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधान तथा कानुनले दिएको अधिकार साथै राजनीतिक पूर्वाग्रहपूर्ण रहेको उल्लेख गरिएको छ । उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न परमादेश मागिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
बालकोट पुगेर ओलीले गरे मतदान
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति