काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले विकसित परिस्थितिमा पार्टीको संस्थागत उपस्थिति नदेखिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको शैलीप्रति प्रश्न उठाएको छ ।
महामन्त्री डा। धवलशमसेर राणाको नेतृत्वमा मंगलबार बसेको बैठकले राजनीति घटनाक्रममा राप्रपा मध्यस्थकर्ता हुन नसकेकोप्रति असन्तुष्टि व्यक्ति गरिएको छ ।
राजा र अन्य सरोकारवालाबीच मध्यस्थताको पुल बन्न नसक्नुले राप्रपाको उपादेयता र विश्वसनीयता माथि नै पार्टीभित्र र बाहिर एकै पटक प्रश्न चिन्ह खडा भएको उल्लेख गरिएको छ ।
गत १५ चैत र जेठमा भएको राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू तुहाउने कार्यमा नेतृत्व लागेको भन्ने आमधारणा बन्न गएको असन्तुष्ट पक्षको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग