कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०८२, १३ : २७
कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला खुलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि ताला खुलाइएको हो ।

नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको माग सहित युवाहरूले ताला लगाएका थिए ।

विद्यार्थी नेता भुवन भट्टका अनुसार कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको सुनिश्चितता बारे केन्द्रीय समितिमा छलफल गर्ने र निर्णय लिने प्रतिवद्धता गरेपछि ताला खोलिएको हो ।

 

प्रतिक्रिया दिनुहोस