कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच शिष्टाचार भेट

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०८२, १९ : ३३
कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच शिष्टाचार भेट

काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्यवाहक राष्ट्रपति यादवले नेपाल र जर्मनीबीच सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भएयता कायम रहेको आपसी विश्वास र सहयोगप्रति सन्तोष व्यक्त गरेका छन् । उनले उच्चस्तरीय भ्रमण, विकास साझेदारी, जनस्तरको सम्बन्ध, लगानी तथा पर्यटन क्षेत्रलाई दुई देशबीचको सम्बन्धका आधार स्तम्भका रूपमा उल्लेख गरे

 

प्रतिक्रिया दिनुहोस