काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. कमल भूसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।
भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता हिंसात्मक अभिव्यक्ति दिँदै आएको भन्दै युवा संघले कारवाहीको माग गरेको हो ।
आइतबार बसेको संघको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारवाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिए ।
रुपन्देहीको सैनामैना घरमा भएका भुसाललाई प्रहरीले कारबाही नगरे युवा संघले गर्ने कुमालले चेतावनी दिए ।
देशमा विखण्डनकारी, समाज भड्काउने, अराजकता सृजना गर्ने, समाजलाई भड्काउने स्ट्याटस लेख्नेहरू कानूनी दायरामा आउनुपर्ने युवा संघका रुपन्देही इन्चार्ज केशव रोक्काले बताए ।
प्रहरीले उनका गतिविधिलाई निगरानीमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलसमाथि साइबर अपराधको मुद्दा दर्ता, १ लाख जरिवाना र ५ वर्ष कैदको माग