काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानी छानी आफ्नो घरमा प्रहार गरिएको र लुटपाट गरिएको बताएका छन्।
बुधबार भक्तपुरको बालकोटस्थित जेनजी आन्दोलनका बेला जलाइएको आफ्नो घर हेर्न पुगेका उनले ठुला-ठुला मूर्ति उठाएर लगेको भन्दै आफू आश्चर्यमा परेको समेत उल्लेख गरे।
ओलीले धेरै पहिलेदेखि नै लक्षित गरेर आफ्नो घरमा आगजनी गरिएको समेत दाबी गरे।
ओलीले भने, ‘मैले यहाँ धेरै भन्नुपर्ने केही छैन। तस्बिर आफैँ बोलिराख्या छ। जसरी छानी छानी व्यक्तिका घरहरू जलाइएको छ। लुटिएको छ। यतिसम्म कि कसरी उठाएर लगे भन्ने आश्चर्य लाग्छ। केही टनका ढुंगाका मूर्तिहरू थियो त्यहाँ। त्यहाँ शिवको मूर्ति थियो, बुद्धको मूर्ति थियो, स्वरसती मूर्ति थियो। त्यस्तो खालको सामान समेत चोरी भएको छ भने अरू त मामुली भयो। उनीहरुलाई काम नलाग्ने चिज आगो लगाइएको छ। सबै चिज उठाइएको छ। उनीहरुलाई काम नलाग्ने चिज मात्रै छोडिएको छ। कुनै किमती चिज पनि छोडिएको छैन। त्यही भएर यो बहुतै लक्षित गरेर भएको हो। यसअघि पनि पटक-पटक त्यो प्रयास गरिएको थियो। मेरो मात्रै होइन, देश भरी जलाइएको छ। देश भरी कार्यालय जलाइएको छ। एमालेका नेताका खोजी खोजी घर चलाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०८२, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने ओलीको दाबी
ओलीले गरे झापा-५ बाट उम्मेदवारी दर्ता
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
‘जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो’ : ओली