काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिमा १५औँ महाधिवेशनबारे आज दुई वटा कार्यतालिका पेस हुँदै छ । महामन्त्री गगन थापाले पुसभित्रमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउँदै छन् ।
यसअघि कार्यतालिका पेस गर्ने सहमति नभएपछि महामन्त्री शर्माले बैठक नै बहिष्कार गरेका थिए । त्यसयता निरन्तर स्थगित बैठक आज बस्दै छ ।
महामन्त्री थापाले मंसिरमा नसके पुसभित्र नियमित महाधिवेशन गरेर चुनावअघि नै नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा छन् । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र इतर पक्षका नेता डा। शेखर कोइरालाको पनि साथ छ ।
तर, संस्थापन पक्षले भने चुनावअघि कुनै हालतमा महाधिवेशन गर्न नसक्ने अडान लिइरहेको छ । हिजो संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेलाले प्रतिनिधिसभा निर्वाचनपछि वैशाख २५ देखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने प्रस्ताव आजको बैठकमा लैजाने निर्णय गरेको थियो ।
सोमबार धोविघाटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलमा आ-आफ्नो कुरा राख्ने समझदारी भएअनुसार नै गगन आजको बैठकमा सहभागी हुन तयार भएको बताइएको छ ।
सहमहामन्त्री महेन्द्र यादवले आजको बैठकमा महाधिवेशनबारे सबैले आ-आफ्नो कुरा राख्ने बताए ।
यता विशेष महाधिवेशन पक्षधरले पनि नियमित नभए चुनावअघि नै विशेष महाधिवेशन गर्नुपर्ने दबाब बढाइरहेका छन् । उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित बुझाइसकेका छन् । उनीहरूले केन्द्रीय कमिटीले आलटाल गरेको भन्दै आज विशेष भेला समेत राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी