काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिमा १५औँ महाधिवेशनबारे आज दुई वटा कार्यतालिका पेस हुँदै छ । महामन्त्री गगन थापाले पुसभित्रमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउँदै छन् ।
यसअघि कार्यतालिका पेस गर्ने सहमति नभएपछि महामन्त्री शर्माले बैठक नै बहिष्कार गरेका थिए । त्यसयता निरन्तर स्थगित बैठक आज बस्दै छ ।
महामन्त्री थापाले मंसिरमा नसके पुसभित्र नियमित महाधिवेशन गरेर चुनावअघि नै नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा छन् । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र इतर पक्षका नेता डा। शेखर कोइरालाको पनि साथ छ ।
तर, संस्थापन पक्षले भने चुनावअघि कुनै हालतमा महाधिवेशन गर्न नसक्ने अडान लिइरहेको छ । हिजो संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेलाले प्रतिनिधिसभा निर्वाचनपछि वैशाख २५ देखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने प्रस्ताव आजको बैठकमा लैजाने निर्णय गरेको थियो ।
सोमबार धोविघाटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलमा आ-आफ्नो कुरा राख्ने समझदारी भएअनुसार नै गगन आजको बैठकमा सहभागी हुन तयार भएको बताइएको छ ।
सहमहामन्त्री महेन्द्र यादवले आजको बैठकमा महाधिवेशनबारे सबैले आ-आफ्नो कुरा राख्ने बताए ।
यता विशेष महाधिवेशन पक्षधरले पनि नियमित नभए चुनावअघि नै विशेष महाधिवेशन गर्नुपर्ने दबाब बढाइरहेका छन् । उनीहरूले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित बुझाइसकेका छन् । उनीहरूले केन्द्रीय कमिटीले आलटाल गरेको भन्दै आज विशेष भेला समेत राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ कार्तिक २०८२, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा