एलिना चौहान र प्रताप दासले लगाए भाइटीका

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०८२, ०७ : २५
एलिना चौहान र प्रताप दासले लगाए भाइटीका

काठमाडौँ । गायिका प्रताप दास र एलिना चौहानले भाइटीका लगाएका छन् । एलिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत भाइटीकालगाएको जानकारीसहितको फोटो सार्वजनिक गरेका हुन् । 

उनीहरुको सम्बन्धबारे सामाजिक सञ्जालमा फलोअर्सहरुले विभिन्न टिप्पणी गर्दै आएका थिए । यस्तो टिप्पणीपछि एलिनाले आफूहरुको सम्बन्ध दाजुबहिनीको रहेको भन्दै तिहारमा भाइटीका लगाउने बताएकी थिइन् । सोहीअनुसार उनले भाइटिका लगाएको तस्बिर र भिडियोसमेत सार्वजनिक गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दाजुबहिनी जस्तो पवित्र सम्बन्धमा पनि दाजुबहिनी हो भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज ।’

प्रतिक्रिया दिनुहोस