काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड भाइरसका कारण सबै खतरामा रहेको बताएका छन् । कसैले पनि आफु सुरक्षित रहेको ठान्न नहुने भन्दै ओलीले संसारै सानो डुंगा रहको र सबै त्यसका यात्रु रहेको बताउँदै कोही पनि सुरक्षित नरहेको बताएका हुन ।
कोभिड १९ सम्बन्धी संयुक्त राष्ट्र संघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्र संघ पु¥याइएको थियो । जँहा ओलीले त्यस्तो सम्बोधन गरेका हुन् ।
‘हामी सबै समान अग्निप्रलयमा छौं । हामी मध्ये कसैलाई लाग्न सक्छ कि हामी सुरक्षित छौं । तर त्यस्तो छैन । सबै खतरामा छन्,’ प्रधानमन्त्रीले भनेका छन्, –महामारीले अमूल्य पाठ सिकाएको छ । यो संसार सानो डुंगा जस्तै हो र हामी सबैजना त्यसका यात्रु । हामीले मन पराएपनि नपराएपनि हामी सबैको भाग्य एउटै साझा हो ।’
ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम बनाउन नहुने पनि बताए । प्रधानमन्त्री भने, ‘कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ ।’ प्रधानमन्त्रीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने बताए । अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पु¥याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरे ।
नेपालमा कोभिडका सन्र्दभमा सरकारले गरिरहेको प्रयासको पनि ओलीले सम्बोधनमार्फत जानकारी गराएका थिए । गरिबहरुलाई कोरोना परीक्षण र उपचार निःशुल्क गरिएको तथा संघीय, प्रान्तीय, र स्थानीय स्तरमा स्वास्थ्य प्रणालीको लागि आवश्यक पूर्वाधार, मानव र वित्तीय स्रोतहरू र चिकित्सा उपकरणहरू सुनिश्चित गरिएको ओलीले बताएका छन् ।
झण्डै शुन्यबाट सुरु गरेर अहिले देशभरका ६८ वटा ल्याबमा पीसीआर परीक्षण सुबिधा विस्तार गरेको उनले बताए । ७० भन्दा धेरै अस्पताललाई कोभिड १९ अस्पताल तोकिएको पनि प्रधानमन्त्रीको सम्बोधनमा ब्यक्त थियो । सबै ७५३ स्थानीय स्तरमा आधारभूत स्वास्थ्य सुविधा सहितका अस्पताल निर्माणको दिशामा अगाडि बढेको ओलीले बताए ।
महामारीलाई अन्तर्राष्ट्रिय प्रतिबद्धता र एकताबाट पछाडि हट्ने बहाना बनाइन नहुने उनले बताए । विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो अर्थव्यवस्था स्थिर राख्न र ऋण संकटलाई समाधान गर्न अझ बढी सहयोगको खाँचो पर्ने ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०७७, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ