काठमाडौं । संयोग भनौं या तम्तयारी । मंगलबार नेकपा सचिवालय बैठकमा गुलियो केक खादै नेताहरुले अन्ततः तितो सम्वाद गरेर प्रधानमन्त्री निवास बालुवाटारवाट फर्केका छन् । महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले केक काटेर पार्टी शीर्ष नेताहरुका बीचमा मनाउने वातावरण निर्माण गरिदिएका थिए ।
विष्णु पौडेल लगायत नेताहरुका लागि यो ‘सरप्राइज’ थियो । पार्टीभित्र दुई अध्यक्षका बीचमा देखा परेको मतभेद र तिक्त्त सम्बन्धले पार्टी आन्तरिक जीवनमै संकट निम्तिरहेका बेला ओलीले केही समय भएपनि नेताहरुका बीचमा उत्सव मनाउने वातावरण जुटाईदिएका थिए । ओलीले आफ्नो पक्षमा खुलिरहेका नेताहरुलाई खुसी बनाउन र आफ्नो पक्षमा तान्नुपर्ने नेताहरुलाई तान्न बेला बेला बर्थ डे राजनीति पनि ट्याक्टिसकै रुपमा अगाडी बढ्ने गरेको छ । त्यही क्रममा उनले आफ्नो पक्षमा खुलिरहेका महासचिव पौडेललाई खुसी बनाउन सचिवालय बैठक अगाडी ‘बर्थ डे’ पार्टी सेलिब्रेट गरेका हुन् ।
ओलीले ब्यवस्थापन गरिदिएको ‘बर्थ डे’ राजनीतिभित्र ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्यहरु इश्वर पोखरेल र रामबहादुर थापाले महासचिव पौडेललाई जन्मदिनको शुभकामना दिए । तर त्यसभित्र पनि उपाध्यक्ष गौतमले पौडेललाई ‘सय वर्ष बाँच्नु ! राम्रो काम गर्दै जानु !’ भन्दै शुभकामना दिएपछि बैठक हल केही समय हाँसो ठट्टामा बितेको थियो ।
उनले बेला बेला बर्थ डे वीस गर्न पार्टी राख्ने गर्छन । तर त्यो पनि कसैको निरन्तरतामा हुदैन् । उनलाई कुन बेला कुन नेताको आवश्यकता पर्छ, त्यही बेला त्यही नेतालाई खुसी बनाउन मात्रै ‘वर्थ डे’ पार्टी राख्ने गरेका छन् । यो उनको ‘वर्थ डे’ राजनीति भित्र पर्ने गरेको देखिन्छ ।
प्रधानमन्त्री ओली बेला–बेला पार्टी शीर्ष नेताका ‘बर्थ डे’ पार्टी आयोजना गरिदिने मध्येका प्रमुख नेता मानिन्छन् । कतिपयले ओलीको यो ‘ट्याक्टिस’ राजनीति पनि भन्ने गर्छन् । मन अमिलो बनाउँदै बालुवाटार पुगेका नेताहरुलाई केही समय नै किन नहोस्, मुख गुलियो बनाउने वातावरण मंगलबार ओलीले नै जुटाईदिएका थिए । पौडेलको मात्र होइन, प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेलका लागि पनि बेला–बेला जन्मदिन ‘सरप्राइज’ बनाईदिने गरेका छन् ।
ओलीले वरिष्ठ नेता माधव नेपालको जन्मदिनमा दुई पटक २०७२ र २०७४ फागुनमा यसैगरी केक काटेर मनाउने वातावरण मिलाएका थिए । नेपालको जम्मदिन मनाउँदै दुवै पटक तत्कालिन अवस्थामा एमालेको पार्टी स्थायी समिति बैठक बसेको थियो । उपाध्यक्ष गौतमको भने शीर्ष नेताहरुका बीचमा भन्दा पनि परिवारका साथ जन्मदिन केक काटेर विशेष बनाईदिने काम ओलीले यस अगाडी गरेका थिए । नेकपाभित्र विवाद चलिरहेकै बेला साउनमा ओलीले सरप्राइजका रुपमा उपाध्यक्ष गौतमका बावु–छोरालाई बालुवाटार बोलाएर जन्मदिनको केक पार्टी दिएका थिए ।
उपप्रधानमन्त्री तथा सचिवालय सदस्य पोखरेलको पनि ओलीले सरप्राइज बर्थडे मनाउने वातावरण जुटाईदिएका थिए । मन्त्रिपरिषद्को बैठक अघि उपप्रधानमन्त्री पोखरेलको जन्मदिनमा बालुवाटारमा केक काटेर मनाइएको थियो । अहिलेसम्म हेर्दा ओलीले कि त आफुसँग खुलेका नेताको बर्थ डेमा केक पार्टी आयोजना गरेका छन्, की उनले फकाउनु पर्ने नेताकोमा ।
तर उनले पार्टी एकताको ३० महिनाका बीचमा अहिलेसम्म अध्यक्ष प्रचण्डको ‘वर्थ डे’ वीस सम्म गरेका छैनन् । वरिष्ठ नेता झलनाथ खनालको पनि उनले ‘वर्थ डे’ मा अहिलेसम्म कुनै पार्टी राखेका छैनन् । तर अन्य नेताका भने उनले बेला बेला बर्थ डे वीस गर्न पार्टी राख्ने गर्छन । तर त्यो पनि कसैको निरन्तरतामा हुदैन् । उनलाई कुन बेला कुन नेताको आवश्यकता पर्छ, त्यही बेला त्यही नेतालाई खुसी बनाउन मात्रै ‘वर्थ डे’ पार्टी राख्ने गरेका छन् । यो उनको ‘वर्थ डे’ राजनीति भित्र पर्ने गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ