काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहितका ५ सचिवालय सदस्य अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।
पार्टीभित्र विवाद बढ्दै जाँदा सचिवालयका ५ नेताबीचको शुक्रबार बसेको अनौपचारिक बैठकले बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने र त्यसका लागि शनिबार उनलाई भेट्न जाने निर्णय गरेको थियो ।
नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर बालुवाटार गएका छन् । सचिवालयका ५ नेतामा प्रचण्डसहित माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ कार्तिक २०७७, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'गिरिबन्धु, वाइडबडी, ओम्नीमा व्यक्तिको गल्ती हुनसक्छ, एमालेलाई जोडियो: केपी ओली
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली