वीरगञ्ज । पर्सा प्रहरीले १०२ किलो ६३६ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री सडक हुँदै भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कार रोकेर खानतलासी गर्दा गाँजा बरामद भएको हो ।
भारतको बिहार राज्य, बेतिया नवलपुरका ३२ वर्षीय गुड्डु बर्माले चलाएको बीआर ०१ सीयू ३५४४ नम्बरको रातो रङको स्पोर्ट्स कारबाट १० वटा प्याकेटमा लुकाएर राखिएको १०२ किलो ६३६ ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी राजु कार्कीले जानकारी दिए ।
गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०८३, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद