काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आफ्नै पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलमाथी गम्भिर राजनीतिक आरोप लगाएका छन् । पार्टीमा सधै ओलीलाई साथ दिँदै आएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल सम्मले अब ओलीले अभिभावकीय भूमिका निर्वाह गरेर अर्काेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने मत राखेपछि ओली उनीहरुसँग आक्रोशित देखिएका हुन् ।
एमालेले अहिले चुनावी समीक्षा र पुनर्गठन कार्यदलको प्रदेशस्तरीय भेला गरिरहेको छ । ओलीको अनिच्छाका बीच गत सचिवालय बैठकले यो खालको कार्यदल बनाएको थियो । कार्यदल बनाउनै पर्ने गरी सचिवालयमै अल्पमतमा परेपछि ओलीले आफनो पक्षमा दरिलो गरी उभिएका अर्का उपाध्यक्ष रामबहादुर थापा (बादल)को नृत्वमा त्यस्तो कार्यदल बनाएका छन् ।
कार्यदलले जेठ २९ र ३० मा बागमती प्रदेश स्तरीय नेताहरुको भेला गरी त्यहाँ चुनावी समीक्षा र पार्टी पूर्नगठनका बारेमा छलफल गरेका थिए । त्यस भेलामा समेत विगतमा ओलीका पिल्लर रहेका उपाध्यक्ष पौडेल, महासचिव पोखरेल लगायतका नेताहरु अब ओलीले छोडनुपर्ने गरी खुलेपछि ओली थप आक्रोशित देखिएका हुन् ।
त्यसपछि भेलामा आएका र ओलीलाई भेट्न आईपुगेका बागमती प्रदेशका नेता कार्यकर्तालाई राखेर शंकर पोखरेल र विष्णु पौडेलको आलोचना गरेका हुन् । ओलीले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल ‘लोभीपापी’ भएर निस्किएको र उनीहरूले पुनर्गठनका नाममा पार्टी नै फुटाउन खोजेको आरोप लगाएको ओलीसँगको भेटमा पुगेका बागमती प्रदेशका एक जना केन्द्रीय सदस्यले सफलखबरसँग भने ।
ती केन्द्रीय सदस्यका अनुसार अध्यक्ष ओलीले पौडेल र पोखरेल दुई नेतामध्ये एकलाई ‘लोभी’ र अर्कोलाई ‘पापी’ को संज्ञा दिएका थिए । ‘अहिले एमालेमाथि चारैतिरबाट हमला भइरहेका बेला पुनर्गठनका नाममा पार्टीलाई फुटाउन खोजिँदैछ, तपाईंहरू सचेत रहनुस्,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले सफलखबरसँग भने, ‘अहिले कोही लोभी, कोही पापी भएर निस्किए। त्यसैले अहिलेलाई म केही भन्दिनँ, रामराम मात्रै भन्न सक्छु तर काँधै त थाप्न सक्दिनँ।’
यो कार्यदलले सातै प्रदेशमा समीक्षा बैठक गरेर तयार पार्ने रिपोटपछि पार्टीको केन्द्रीय समिति बैठक बोलाउने एमालेले जनाएको छ । ओलीले कार्यदलमा डटेर पार्टी र नेतृत्वको प्रतिरक्षा गर्न निकट नेताहरुमार्फत आन्तरिक सर्कुलर समेत गरिएको छ । पार्टीभित्र आफूविरुद्ध मोर्चाबन्दी कसिँदै गएपछि ओलीले अब यो विवादलाई केन्द्रीय कमिटीमा लैजाने स्पष्ट संकेत पनि गरेका छन्।
आफूले कुनै गल्ती नगरेको दाबी गर्दै उनले नेतृत्वबाट हटाउन भइरहेको प्रयासको सामना केन्द्रीय कमिटीमै गर्ने पनि बागमती भेलामा आएर आफुलाई भेट्न पुगेका नेताहरुसँग ओलीले बताएका थिए । ‘मैले के गल्ती गरेको छु र अध्यक्षबाट हटाउन ? म सबै कुरा केन्द्रीय कमिटीमा बताउँछु, त्यहीँ फेस गर्छु,’ ओलीले भने, ‘पार्टीको महत्वपूर्ण थलो त्यही हो, त्यसले विवेकसम्मत निर्णय गर्ला।’
कार्यदलको बागमती भेलामा नेता गोकुल बाँस्कोटा, आनन्द पोखरेल लगायतका बहुसंख्यक नेताहरूले ओलीलाई बिदा गरेर नेतृत्व अर्काे नेतामा हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका थिए ।
विगतमा एक भईसकेको कम्युनिष्ट पार्टी जोगाउन नसकेको, त्यसमा सामुहिकता भन्दा आफनो ब्यक्तिगत स्वार्थमा केन्द्रीकरण लागु गरेको, पार्टी विवाद मिलाउन भन्दा संसद नै विघटन गरेर ब्यवस्थामाथी नै प्रहार गरेको, माधव नेपालहरु पार्टीबाट विभाजित भएर जाँदा जोगाउन नसककिएको, एमाले माओवादी सहकार्यको सरकार छोडेर कांग्रेससँग सहकार्य गर्न गएको, सरकारमा बसेर जनभावना बुझन नसकेको, युवाहरुको आकांक्षा बुझन नसकेको, जेनजी आन्दोलनमा नैतिकताका आधारमा सरकार प्रमुख भएर जिम्मेवारी लिन चुकेको जस्ता आरोप एमाले नेताहरुले ओलीमाथी लगाईरहेका छन् ।
एकपछि अर्काे शृंखलाबद्द आरोपमा नेताहरु उत्रेपछि त्यसको मुख्य जड नै विष्णु पौडेल र शंकर पोखरेल भएको आरोप ओलीले पनि लगाउन थालेका छन् । उनले अहिले पार्टी र नेतृत्वको रक्षामा लाग्नुपर्नेमा पौडेल र पोखरेल लोभी पापी भएर हिड्न थालेको आरोप ओलीको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ जेठ २०८३, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता