काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उपलब्ध स्रोतका आधारमा शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट छुट्टाइएको बताए।
उनले भने, ‘आव २०८३/८४ को कुल राष्ट्रिय बजेट २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाखमध्ये शिक्षा तथा खेलकुद क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड ५० लाख विनियोजन गरिएको छ। यो कुल राष्ट्रिय बजेटको १०.२८ प्रतिशत हो ।’
उनले प्रतिशतका हिसाबले यो बजेट चालु आवको तुलनामा ०.४७ प्रतिशतले कम भए पनि परिमाणका हिसाबमा चालु आवको भन्दा प्रस्तावित बजेट सात अर्बले बढेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०८३, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘स्थानीयको भावनाअनुरूप विभिन्न विषय र संकाय थप गर्छौ’: मन्त्री पोखरेल
‘शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक’ : मन्त्री पोखरेल
‘लिपुलेक-मानसरोवर मार्ग विवादमा नेपालको अडान कायमै’ : मन्त्री पोखरेल
सरकार सुकुम्वासीको विषयलाई राजनीतिक मुद्दा बनाउँदैन, अनुरोध गरेर सुकुम्वासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्छौंः मन्त्री पोखरेल
शिक्षाको सुधारका लागि मन्त्री पोखरेलसमक्ष सुझाव पेस
‘फाप्ला क्रिकेट मैदानको निर्माणमा सरकारले सहयोग गर्छ’ : मन्त्री पोखरेल