काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखमा पार्टीकी केन्द्रीय सदस्य निरुदेवी पाल तोकिएकी छन् । उक्त जिम्मेवारीलाई आज बस्ने पार्टी सचिवालय बैठकले अनुमोदन गर्दैछ ।
एमाले केन्द्रीय कार्यालयस्रोतका अनुसार आजको सचिवालय बैठकले ८ प्रदेश, ७७ भौगोलिक जिल्ला, ४ गैरभौगोलिक जिल्ला, प्रवासका विभिन्न कमिटीका इञ्चार्ज पनि तोक्दैछ । देशका ७५३ स्थानीय तहमा पनि पार्टी केन्द्रीय सदस्य स्तरका नेतालाई इञ्चार्ज तोकिने भएको छ । केन्द्रीय सदस्य नपुग भएको अवस्थामा प्रदेश कमिटीस्तरका नेता तोकिँदैछन् । त्यसअन्तर्गत पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखमा पाल तोकिने भएकी हुन् ।
आजको बैठकले अनुमोदन गर्ने भए पनि उनले अध्यक्षको सचिवालयमा केही समयदेखि काम गर्न थालिसकेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ जेठ २०८३, १२ : १७
लेखकबाट थप