काठमाडौं। नेपाल प्रहरीले जिल्ला तहमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी र समन्वयात्मक बनाउन कमान्ड प्रणालीमा परिवर्तन गरेको छ। प्रहरी प्रधान कार्यालयका अब देशभरका जिल्ला ट्राफिक प्रहरी कार्यालय सम्बन्धित जिल्ला प्रहरी प्रमुखको प्रत्यक्ष कमान्ड तथा निर्देशनमा सञ्चालन हुनेछन्।
नयाँ व्यवस्थासँगै ट्राफिक प्रहरीको दैनिक परिचालन, जिल्लास्तरीय ट्राफिक व्यवस्थापन तथा सुरक्षा निकायबीचको समन्वय जिल्ला प्रहरी प्रमुखकै नेतृत्वमा अघि बढ्नेछ। यसबाट ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षा सम्बन्धी कार्यलाई एकीकृत रूपमा सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ।
यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको मातहत रहेकाले कतिपय अवस्थामा समन्वय र परिचालनमा व्यावहारिक चुनौती देखिने गरेको प्रहरी स्रोतले जनाएको छ। नयाँ व्यवस्थाले निर्णय प्रक्रिया छिटो हुने र आकस्मिक अवस्थामा स्रोत–साधन परिचालन अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार परिपत्र सम्बन्धित सबै निकायमा पठाइसकिएको छ र नयाँ व्यवस्था तत्कालदेखि नै कार्यान्वयनमा आएको छ।
तर, काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा भने यो व्यवस्था लागू हुने छैन। ती जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू पूर्ववत् काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकै मातहत सञ्चालन भइरहनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०८३, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ‘नेपाल प्रहरी सांस्कृतिक साँझ’ भव्य रूपमा सम्पन्न
भोलि बिहानदेखि प्रहरी कर्मचारीलाई अनिवार्य स्ट्याण्डबाई निर्देशन
काठमाडौँ प्रहरीले बनायो आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल