गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-८ गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा आज बिहान भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी जिप राति साढे २ बजे दुर्घना हुँदा ४ जना घाइते भएका थिए । घाइतेमध्ये रेसुङ्गा नगरपालिका-२ बाघमारे घर भई हाल बसपार्क बस्ने १६ वर्षीय सुदिप नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।
टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज प्रभास, पाल्पा रेफर गरिएको थियो । उनको त्यही उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
दुर्घटनामा प्युठानको नौबहिनी गाउँपालिका–१ घर भई हाल बसपार्क बस्ने १७ वर्षीय अर्जुन बुढाथोकीको बाँया हातमा सामान्य चोट लागेको छ । त्यसैगरी बागलुङ भिमगिठ्ठे घर भई हाल रेसुङ्गा नगरपालिका–८ बसपार्क बस्ने १८ वर्षीय गणेश परियारको कोखा र बाँया खुट्टामा चोट लागेको छ भने रेसुङ्गा नगरपालिका-९ चारीखोला निवासी १८ वर्षीय आयुष गैरेको बाँया हातमा सामान्य चोट लागेको छ । घाइतेहरूको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असार २०८३, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु