काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
आज बसेको नेकपा सचिवालय बैठकमा सो निर्णय भएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए ।
यस्तै बैठकले कार्यदलको प्रतिवेदनबारे पनि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ भदौ २०७७, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ: वामदेव गौतम
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम