काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुन बनाउनुपर्ने माग गरेका छन् ।
बुधबार सिंहदरवारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले अमेरिकासहितका अन्य देशहरूमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताए । यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानुनी प्रावधान जरुरी रहेको उनले बताए ।
नेपाली युवाहरू विश्वभर छरिएका र उनीहरूले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरूलाई स्वदेशमै रोजगारी दिन सक्ने वातावरण बनाउनुपर्ने बताए ।
‘हाम्रो करिब ६० लाख युवाहरू संसारभर बाँडिएका छन् । उनीहरूले यति पैसा कमायौँ भनेर पैसा पठाउँछन् । उनीहरूको श्रम शक्ति ठुलो संख्याको श्रम शक्तिबाट प्राप्त गर्दछन् । जसले उनीहरूलाई रोजगारी दिन्छ । रोजगारी हामीले भन्छौँ, एउटा ठुलो अवसर हो,’ उनले भने ।
उनले ऋणमाथि ऋण थुपार्ने भन्दा सरकारले रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ: वामदेव गौतम
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?
किन माधव नेपालको पार्टीमा प्रवेश गर्ने भए वामदेव गौतम ?