काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज बस्दैछ । आज सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो ।
सार्वजनिक लेखा समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आन्तरिक कार्यविधि पारितका साथै बेरुजु छलफल उपसमिति गठनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको छ ।
यसैगरी, अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ । बैठकमा परराष्ट्रमन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरुमा समितिलाई जानकारी गराउने कार्यसूची रहेको छ । बैठकमा परराष्ट्रमन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असार २०८३, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे चार सदस्यीय छानबिन समिति गठन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै
सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै