काठमाडौँ । नेकपाका नेता वामदेव गौतमले नेपालको वर्तमान संसदीय शासन प्रणालीले राजनीतिक स्थायित्व कायम गर्न नसकेको दाबी गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुन सक्ने धारणा व्यक्त गरेका छन्।
बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले २०१५ सालयता कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न नसकेको र संसदले समेत पूर्ण कार्यकाल काम गर्न नसकेको उल्लेख गर्दै विद्यमान संसदीय अभ्यासमाथि प्रश्न उठाए।
उनले शासन प्रणालीको प्रभावकारिताबारे पुनर्विचार आवश्यक रहेको उल्लेख गर्दै प्रत्यक्ष जननिर्वाचित राष्ट्रपतिको व्यवस्था नेपालको राजनीतिक सन्दर्भमा बढी उपयुक्त हुन सक्ने बताए।
गौतमले राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा पूर्वसांसदहरूको अनुभव र दक्षतालाई उपयोग गर्न सरकार अग्रसर हुनुपर्ने धारणा पनि राखे। विकास निर्माणका कार्यक्रम तथा अनुगमन प्रक्रियामा पूर्वसांसदलाई जिम्मेवारी दिँदा त्यसको सकारात्मक परिणाम आउने उनको भनाइ थियो।
संविधानले महिलाका लागि सुनिश्चित गरेका अधिकारहरूको कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको उल्लेख गर्दै उनले पछिल्ला निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५१ प्रतिशत महिला उम्मेदवार निर्वाचित हुनु सकारात्मक अभ्यासका रूपमा रहेको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ असार २०८३, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ वर्ष पुगेपछि काम गर्न पाउने कानुन बनाउनुपर्छ: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ: वामदेव गौतम
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?