वामदेव गौतम नेतृत्वको पार्टी खारेज

सफल खबर संवाददाता

मंगलबार, २५ कार्तिक २०८२, २० : ०२
वामदेव गौतम नेतृत्वको पार्टी खारेज

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ ।

यो पार्टी वामदेव गौतम नेतृत्वमा रहेको पार्टी हो । यो पार्टी तत्कालीन नेकपा एकीकृत समाजवादीमा मिसिएको थियो ।

समाजवादी पार्टी समेत १० वटा दल समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी बनिसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पाटी गर्न संयोजक गौतमले निवेदन दिएका थिए । गौतमको निवेदनका आधारमा आयोगले पार्टी खारेज गर्ने निर्णय गरेको हो ।

अर्को पार्टीमा समायोजन भएकोले खारेज गरी पाउँ भनेर निवेदन परेपछि खारेजको निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । 

 

 

प्रतिक्रिया दिनुहोस