नारायण शर्मा
नवलपरासी । ३ दिनसम्म परेको अविरल वर्षाले गैडाकोट नगरपालिकाका तिनवटा वडा डुबानमा परेका छन । गैडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का अधिकांस घर डुबेको हो । अधिकांश स्थानमा २ मिटर सम्म डुबेको छ । त्यसक्षेत्रमा आकाशबाट परेको पानीले निकास नपाउदा ४ सय ९३ घर डुबानमा परेका छन ।
त्यस क्षेत्रमा लगाइएको धान र मकैवाली पनि डुबेको छ । वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण न्यौपानेले बाढिले निकास नपाउदा करिब ५ सय घर डुबानमा परेको जानकारी दिए । उनले आइतवार बिहान डोजर लगाएर पानीको निकास निर्माणको काम थालेको जानकारी दिए ।
५ सय घर दुई मिटर भन्दा बढी डुबेको छ । स्थानियका खाद्यान्न, लुगाफाटो भिजेको छ । स्थानिय बासिन्दा एकदेब रिमालले कालीगण्डकी चोक देखि उत्तर तर्फका घरहरु बढि डुबानमा परेको र स्थानियहरु घरको माथिल्लो तलामा सरेका छन् । प्लटिंग गरेका घर घडेरीमा पानीका लागि नाला नबनाइएको र समथर भूभाग भएका कारण बाढिले निकास नपाउदा समस्या देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असार २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न