काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा बिस्तारै पूर्वतर्फ सर्दै गएको हो ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको जनाउँदै वर्षा गराउने उक्त प्रणाली अहिले चितवनसम्म आइपुगेको बताए ।
विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमबाट सुरु भएको वर्षा पूर्वतर्फ सर्दै गएको जनाएको छ । पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा भएको जनाउँदै कायस्थले अहिले पनि वर्षा भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह