काठमाडौ । देशका विभिन्न स्थानमा अविरल वर्षा र बाढीका कारण मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान अद्यावधिक विवरण सार्वजनिक गरेको हो।
जसअनुसार कोशी प्रदेश अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त राजमार्ग असार ६ गतेदेखि विभिन्न स्थानमा क्षति पुगेपछि आवतजावत रोकिएको हो।
यस्तै, बागमती प्रदेश अन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा अवस्थित नेपाल–चीन नाका जोड्ने पुल समेत बाढीका कारण असार २४ गतेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असोज २०८२, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह