काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको बाइडबडी जहाज चार्टर्ड गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः०० बजे निगमको वाइडबडी जहाज नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान गर्ने तालिका रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । बन्दाबन्दीमा निगमको नारिताका लागि यो चौथोपटकको चार्टर्ड उडान हो । यसअघि जेठ ९ गते निगमको वाइडबडी जहाजले १९७ नेपालीसहित जम्मा २६८ यात्रु लिएर वाइडबडी जहाज नारिता गएको थियो । जसमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् ।
सोही गन्तव्यमा यसअघि जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रोपटक चार्टर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान भएको थियो । नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार जापानको नारिताको चौथोपटकको चार्टर्ड उडानका लागि २६० भन्दा बढी यात्रुको बुकिङ छ ।
नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ जेठ २०७७, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन
नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए
नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन