काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ ।
निगमका प्रवक्ता अनिल घिमिरेले देशका दुर्गम क्षेत्रमा सेवा दिँदै आएको ट्वीनअटर विमान मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।
उक्त विमान गत सेप्टेम्बरदेखि इञ्जिन मर्मत र वार्षिक जाँचका लागि ‘ग्राउण्डेड’ गरिएको थियो । परीक्षणपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्वीनअटर विमानमार्फत आन्तरिक व्यावसायिक उडान पुनःसुरू भएको जनाएको छ । यसले पूर्वी भेगका दुर्गम क्षेत्रतर्फ यात्रुलाई सेवा सुविधा थप सहज हुने निगमको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने