काठमाडौं । बाढी र पहिरोका कारण देशभर सिर्जित विषम परिस्थितिमा नेपाल एयरलाइन्सले सोमबार एक विशेष उद्धार उडान सञ्चालन गर्न लागेको छ।
राष्ट्रिय ध्वजावाहकको जिम्मेवारी र नेपाल सरकारको निर्देशनअनुसार काठमाडौं–भैरहवा–काठमाडौं सेक्टरमा उद्धार उडान सञ्चालन गर्न लागेको एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।
उनका अनुसार उक्त उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकता दिइने छ।
उडान काठमाडौंबाट दिउँसो १ बजे र भैरहवाबाट काठमाडौंका लागि दिउँसो २:४५ बजे प्रस्थान गर्ने तालिका तय गरिएको छ। यात्रुहरूलाई अधिकतम ३० केजी सम्म लगेजको अनुमति दिइएको डाँगीले जानकारी दिए ।
भाडादरका लागि काठमाडौं–भैरहवा सेक्टरमा रु. ५ हजार र भैरहवा–काठमाडौं सेक्टरमा रु. ७ हजार तोकिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन