सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

आइतबार, २४ जेठ २०८३, ११ : २४
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आठ हजार दुई सय रुपैयाँले घटेर प्रतितोला आज तीन लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । शुक्रबार भने सुन तोलामा ३ लाख ९ हजारमा कायम भएको थियो । 

यसैगरी, चाँदी मूल्य पनि घटेको छ । आज तोलामा ३ सय ३५ रुपैयाँले घटेर प्रतितोलामा चार हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार भने चाँदी पाँच हजार २ सय ३० रुपैयाँमा कायम भएको थियो । 

प्रतिक्रिया दिनुहोस