एजेन्सी । फिलिपिन्सको मिन्डानाओ टापु नजिकै सोमबार बिहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका एसियाली देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार बिहान ७:४० बजे उक्त शक्तिशाली भूकम्प गएको हो।
अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दाहरूलाई तुरुन्तै समुद्री किनारा र बन्दरगाहबाट टाढा सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
सुनामीको जोखिमका कारण मानिसहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको अलजजिराले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ जेठ २०८३, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का