चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ

सफल खबर संवाददाता

सोमबार, २५ जेठ २०८३, २० : १४
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ

चितवन । चितवन जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको सजाय पाई फरार रहँदै आएका १५ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयहरूबाट खटिएको संयुक्त प्रहरी टोलीले आज (असार २५ गते) जिल्लाका विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका २ जना, लागुऔषध मुद्दाका ६ जना, चोरी मुद्दाका ६ जना र डाँका मुद्दाका १ जना रहेका छन्। अदालतले उनीहरूलाई कुल १ वर्ष १ महिना ११ दिन कैद र १६ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवका अनुसार पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस