एजेन्सी । भारतमा खाना पकाउने एलपी ग्यास सिलिन्डरको मूल्यमा फेरि वृद्धि गरिएको छ ।
शनिबार रातिदेखि लागू हुने गरी १४.२ किलोग्रामको घरेलु ग्यास सिलिन्डरमा २९ भारतीय रूपैयाँ मूल्य बढाइएको हो ।
नयाँ मूल्यअनुसार आइतबारदेखि दिल्लीमा १४.२ किलोग्रामको घरेलु एलपीजी सिलिन्डरको मूल्य ९४२ भारतीय रूपैयाँ पुगेको छ ।
पछिल्ला तीन महिनाभित्र घरेलु ग्यासको मूल्य दोस्रो पटक बढाइएको हो । यसअघि गत मार्च ७ मा प्रति सिलिन्डर ६० रूपैयाँ वृद्धि गरिएको थियो ।
मूल्यवृद्धिपछि विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले केन्द्र सरकारको आलोचना गरेको छ । कांग्रेसले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीमाथि महँगी बढाएको आरोप लगाएको छ ।
कांग्रेस सांसद मनीष तिवारीले पनि ग्यासको मूल्य बढाइएको विषयमा प्रश्न उठाएका छन् । उनले तेल विपणन कम्पनीहरूले ठूलो नाफा कमाइरहेका बेला एलपीजीको मूल्य पटक–पटक किन बढाइँदैछ भन्ने प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २४ जेठ २०८३, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
रुपन्देहीमा ग्यास सिलिन्डर विस्फोट, युवकको मृत्यु