काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गरेका छन् ।
भारतका विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा गत शुक्रबार नयाँ दिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गरे । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो ।
वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री द्वयले विभिन्न क्षेत्रमा भएको द्विपक्षीय सहकार्यको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै नवप्रवर्तन तथा स्टार्टअप, डिजिटल तथा वित्तीय क्षेत्रमा गरिएका सहकार्यका प्रयासको स्वागत गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ जेठ २०८३, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट
कूटनीतिक आचारसंहिता पालनामा परराष्ट्र मन्त्रीको जोड
इरान र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकायबीचको सहमति संकटमा : इरानी परराष्ट्र मन्त्री अराघ्ची
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’
परराष्ट्र मन्त्री राणा इटाली प्रस्थान
परराष्ट्र मन्त्री राणा आज रोम जाँदै