५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्री वाग्लेको दाबी

सफल खबर संवाददाता

सोमबार, १८ जेठ २०८३, १२ : २२
५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाखभन्दा कमका विद्युतीय गाडीमा मूल्य घट्ने दाबी गरेका छन् ।नेपाल आर्थिक पत्रकार संघको बजेट पछिको अन्तरक्रिया कार्यक्रममा विलासिता गाडीमा मात्रै कर बढेको बताएका हुन्।

उनले केही वर्ष अघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको बताएका छन् । ‘अहिले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिँड्नु विलाशिता हो। यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘ प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो। ५० लाख माथिका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो।’ उनले व्यवसायीहरू किलोवाटका आधारमा गाडी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए।

उनले किलोवाटको सट्टा मूल्यको आधारमा लगाउँदा अटो व्यवसायीहरू समेत राहात महशुस गरेको बताए। उनले विद्युतीय गाडी पूर्ण रूपमा स्वच्छ ऊर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको बताए।

प्रतिक्रिया दिनुहोस