काठमाडौँ । नेपाल एयरलाइन्सले मध्यपूर्वका दुई गन्तव्यका निर्धारित उडान रद्द गरेको जनाएको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै दमाम (साउदी अरब) र दोहा (कतार)का लागि तय गरिएका उडानहरू सञ्चालन गर्न नसकिने जानकारी गराएको हो।
आगामी दिनमा दुबई, दोहा र दमाम गन्तव्यतर्फ हुने उडानसम्बन्धी अद्यावधिक विवरण प्राप्त नगरी विमानस्थल नआउन यात्रुहरूलाई कम्पनीले अनुरोध गरेको छ। उडानको अवस्थाबारे जानकारी लिन कम्पनीको आधिकारिक सूचना, वेबसाइट वा तोकिएको सम्पर्क नम्बरमार्फत पुष्टि गर्न आग्रह गरिएको छ।
मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण हवाई यातायात प्रभावित भइरहेको सन्दर्भमा नेपाल एयरलाइन्स मात्र नभई अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडानहरूमा समेत अवरोध देखिएको जनाइएको छ। परिस्थितिअनुसार उडान तालिका पुन:निर्धारण हुन सक्ने भएकाले यात्रुहरूलाई नियमित अद्यावधिक जानकारी लिन सचेत गराइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० फागुन २०८२, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने