एजेन्सी । साविक विजेता लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा स्पेनिस प्रतिद्धन्द्धी एथ्लेटिको म्याड्रिडसँग अतिरिक्त समयमा ३–२ को हार खेप्दै लिभरपुल बाहिरिएको हो । च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने दावी गर्दै आएको लिभरपुलले अन्ततः लस्जास्पद हार खेप्यो । लिभरपुलमाथि एथ्लेटिकोले समग्रमा ४–२ गोलको जित निकाल्यो । पहिलो लेगमा एथ्लेटिकोले लिभरपुललाई १–० गोलले हराएको थियो ।
लिभरपुललाई नकआउट गर्न एथ्लेटिकोका मार्कस लोरेन्टे दुई तथा अल्भेरो मोराटाले एक गोल गरे । लिभरपुलका जर्जिन्हो विजनाल्डम र रोवर्टाे फिर्मिनोले एक एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । निकै रोचक खेलमा लिभपुलले सुरुवाती अग्रता लिएको थियो । ४३औं मिनेटमा विजनाल्डमले एलेक्स अक्सलेड चेम्वरलेनको पासमा गोलगर्दै घरेलु टोलीको उत्साह बढाए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
९४औं मिनेटमा रोवर्टाे फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि सम्हालिन नसकेको लिभरपुलमाथि एथ्लेटिकोले दुई गोल थपेको थियो । ९७औं मिनेटमा एथ्लेटिकोका मार्कस लोरेन्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको अन्तिममा लोरेन्टेले व्यक्तिगत दोस्रो गोल गर्दै एथ्लेटिकोलाई क्वार्टरफाइनलमा पुर्याउन सफल भए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज
म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
फिल्म पर्यटनका लागि हिमालमा फुटबल खेल्दै सेलेब्रेटीहरु
फुटबलर विमल घर्ती मगर बाँधिए वैवाहिक बन्धनमा
संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने
महिला फुटबल टोली आज बंगलादेश जाने