त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने

सफल खबर संवाददाता

सोमबार, १० कार्तिक २०८२, ०८ : ५६
त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा साँझ सवा ६ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

आफ्नो पहिलो खेलमा इरानसँग पराजित भएका नेपाल र भारत दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइँमात्र हुनेछ । अघिल्ला दुई खेलमा स्पष्ट ६ अङ्क जोडेको इरान च्याम्पियन बनिसकेको छ ।

पहिलो खेलमा नेपाल इरानसँग ३–० र भारत २–० गोलले पराजित भएका थिए । त्रिदेशीय मैत्रीपूर्ण खेल फिफा विन्डोमा आधारित छन् ।

फिफा वरीयतामा भारत ६३औँ स्थानमा छ भने इरान ७०औँ र नेपाल ८९औँ स्थानमा रहेका छन् । यो प्रतियोगितापछि नेपाल र भारतबीच कात्तिक १३ गते अर्को मैत्रीपूर्ण खेल पनि हुनेछ । 

प्रतिक्रिया दिनुहोस