काठमाडौ । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ साढे पाँच बजेदेखि खेल सुरु हुने छ। घरेलु मैदानमा बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरिएको छ ।
नेपालले भदौ २४ गते बंगलादेशसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने छ। दोस्रो खेल पनि दशरथ रगंशालामै हुनेछ। फिफा बिण्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।
नेपालको सिनियर टोलीले दुई वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो। दुई खेलपछि परिणामको आधारमा विजेता घोषणा गरिनेछ।
दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याउने तयारी छ। विजेताले ट्रफी र पदक प्राप्त गर्ने नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। आजको खेलका लागि एन्फाले टिकट दर भीआईपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ तोकेको छ।
दशरथ रंगशालाको करिब १५ हजार दर्शक क्षमता छ। तर क्षमताको २५ प्रतिशत एन्फाले खाली राख्ने उल्लेख गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ भदौ २०८२, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै
फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा
त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने
नेपाली महिला टोली आज भुटानसँग भिडदै
साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै