काठमाडौं । १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
भुटानको थिम्पुमा आज (बुधबार) देखि सुरु हुने प्रतियोगितामा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
यही भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोगजक भुटानसहित, नेपाल, भारत र बंगलादेश सहभागी छन् ।
सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो ।
नेपालले अन्य खेलमा भदौ १३ गते भारतसँग, ६ र १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका लागि नेपाली टोली सोमबार नै भुटान पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै
उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास