नेपाली महिला टोली आज भुटानसँग भिडदै

सफल खबर संवाददाता

शुक्रबार, ०६ भदौ २०८२, ०८ : ४५
नेपाली महिला टोली आज भुटानसँग भिडदै

काठमाडौं ।  साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । 

यो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित भएर आएका टोली हुन् । 

यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

आगामी अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् । डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस