काठमाडौँ। सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्।
‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको हो।
“नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काका परिपूरकजस्तै हुन्”, ठमेलका समाजसेवी अर्जुन पुरी भन्छन्, “‘प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन। प्रहरी पेसाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छ ।” नेपाल प्रहरीले नागरिकको मन जित्न ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी’ र ‘जिब्रोको गरिमा मीठो बोलीमा’ नारा लगाउँदै आएको छ।
यी नारा प्रभावकारी नभएपछि गत वर्षबाट गाउँटोलसम्म समुदाय–प्रहरी साझेदारी अभियान नै सञ्चालनमा आएको छ। यो अभियानले प्रहरी कर्मचारीलाई मात्र नभई प्रत्येक नागरिकलाई शान्तिसुरक्षा र अपराध नियन्त्रणमा जिम्मेवार बनाउनुका साथै प्रहरीसँग सहकार्य गर्न प्रोत्साहन दिँदै आएको छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ फागुन २०७६, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संयुक्त राष्ट्रसंघको प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी हुन आईजीपी कार्की न्यूयोर्क प्रस्थान
२ सय ३१ जना असई सई पदमा बढुवाका लागि सिफारिस (सूचानसहित)
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन