काठमाडौँ। सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्।
‘प्रहरी मेरो साथी’ भन्ने नारा लिएको प्रहरीसँग सर्वसाधारण नागरिक यसको जवाफको खोजीमा छन्। बिहीबार ललितपुरको भैँसेपाटीमा प्रहरी निरीक्षक तहको जिम्मेवार अधिकृतले काखमा नाबालक बोकेकी एक महिलामाथि लाठी बर्साएको घटनाले सर्वसाधारणलाई यसको जवाफ खोज्न बाध्य पारेको हो।
“नेपाल प्रहरी र नागरिक समुदाय एकअर्काका परिपूरकजस्तै हुन्”, ठमेलका समाजसेवी अर्जुन पुरी भन्छन्, “‘प्रहरी मेरो साथी’ भन्ने तर व्यवहार शत्रुको जस्तो गर्ने कार्य कदापि राम्रो होइन। प्रहरी पेसाप्रति जिम्मेवार र कानुन कार्यान्वयनमा दृढ भए पुग्छ ।” नेपाल प्रहरीले नागरिकको मन जित्न ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी’ र ‘जिब्रोको गरिमा मीठो बोलीमा’ नारा लगाउँदै आएको छ।
यी नारा प्रभावकारी नभएपछि गत वर्षबाट गाउँटोलसम्म समुदाय–प्रहरी साझेदारी अभियान नै सञ्चालनमा आएको छ। यो अभियानले प्रहरी कर्मचारीलाई मात्र नभई प्रत्येक नागरिकलाई शान्तिसुरक्षा र अपराध नियन्त्रणमा जिम्मेवार बनाउनुका साथै प्रहरीसँग सहकार्य गर्न प्रोत्साहन दिँदै आएको छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ फागुन २०७६, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
भीआईपीका पीएसओका कारण इन्स्पेक्टर बढुवा अलपत्र