काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर खापुङले प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् ।
खापुङसँगै भावी आइजीपी दानबहादुर कार्की पनि प्रधानमन्त्रीसँगको भेटमा सहभागी थिए । खापुङ यही कात्तिक २७ गतेदेखि ३० वर्षे सेवा अवधि पुरा गरेर निवृत्त हुँदैछ । खापुङ सेवा निवृत्त हुने भए पनि सरकारले कार्कीलाई आइजीपी बनाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ सय ३१ जना असई सई पदमा बढुवाका लागि सिफारिस (सूचानसहित)
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन