चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०८२, १९ : ५७
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

चितवन। नेपाल प्रहरी श्रीमती संघ, भृकुटीमण्डप काठमाडौंको आयोजनामा चितवन जिल्लाको खैरहनी नगरपालिका–७ स्थित आधारभूत विद्यालय सुल्तानामा अध्ययनरत विद्यार्थीहरूलाई जाडोयामलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको छ।

जाडो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य तथा नियमित पठन–पाठनमा पर्न सक्ने असरलाई ध्यानमा राखी उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल प्रहरी श्रीमती संघले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा यस्ता मानवीय तथा सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थपिनुका साथै शिक्षाप्रति सकारात्मक वातावरण सिर्जना हुने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस