काठमाडौँ । नेपाल प्रहरीका चार जना एआईजीहरूको पदस्थापन गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह लगाएपछि पदस्थापनको पत्र दिइएको हो । एआईजी सुशिलसिंह राठौरलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ । उमाप्रसाद चतुर्वेदीलाई कार्य विभाग, हिमालय कुमार श्रेष्ठलाई प्रशासन विभाग र डम्बरबहादुर बिकलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।
असोज १२ मा बढुवा समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन