काठमाडौँ । नेपाल प्रहरीका चार जना एआईजीहरूको पदस्थापन गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह लगाएपछि पदस्थापनको पत्र दिइएको हो । एआईजी सुशिलसिंह राठौरलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ । उमाप्रसाद चतुर्वेदीलाई कार्य विभाग, हिमालय कुमार श्रेष्ठलाई प्रशासन विभाग र डम्बरबहादुर बिकलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।
असोज १२ मा बढुवा समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, २१ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)