काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले क्रान्तिको शुरुआत पनि रोल्पाबाटै हुने बताउनुभएको छ । लिबाङमा आज आयोजित ‘रोल्पा लगानी सम्मेलन २०७६’ कार्यक्रममा मन्त्री पुनले रोल्पा कृषि, पर्यटन, जलविद्युत् र खानीको लागी राम्रो सम्भावनाको जिल्ला भएको हुँदा यी क्षेत्रमा लगानीका लागी स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो । जिल्ला राजनीतिक केन्द्र भएर देशमै चिनिएको र अब विभिन्न उद्योग कलकारखानालगायत विकासको केन्द्रको रुपमा चिनाउनुपर्ने समय आएको बताउनुभयो ।
सबै रोल्पाली कुनै न कुनै विधाको व्यवसायी बन्न आग्रह गर्नुभयो । प्रतिनिधिसभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलगायत उपस्थिति थियो ।
रोल्पा नगरपालीकाको आयोजना, रोल्पा उद्योग वाणिज्य सङ्घ रोल्पाको सहआयोजना र जिल्ला समन्वय समिति रोल्पाको समन्वयमा लगानी सम्मेलनको आयोजना गरिएको हो । जिल्लामा जलविद्युत्, कृषि, पर्यटन र खानीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ । सम्मेलन बिहीबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ फागुन २०७६, २० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयोः वर्षमान पुन
सरकार विचौलियाले चलाएको गगन थापाले नै पुष्टि गरिदिनु भयो : वर्षमान पुन
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
'भ्युटावर'वाला विकास मोडलमा गम्भीर त्रुटि छ : वर्षमान पुन
ओलीलाई वर्षमानको प्रश्न- भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन