६६ नेपालीलाई तत्काल कम्बोडिया छोड्न दूतावासको निर्देश

सफल खबर संवाददाता

आइतबार, २४ जेठ २०८३, २१ : ०३
६६ नेपालीलाई तत्काल कम्बोडिया छोड्न दूतावासको निर्देश

काठमाडौँ । भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसोबास गरिरहेका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको छ।

थाइल्यान्डस्थित नेपाली दूतावासले सार्वजनिक गरेको सूचनामा सम्बन्धित नेपाली नागरिकहरूलाई आवश्यक यात्रा व्यवस्था मिलाई तोकिएको समयभित्र नेपाल फर्किन स्पष्ट निर्देशन दिइएको हो।

यसअघि विभिन्न प्रयोजनका लागि कम्बोडिया पुगेका ६०२ जना नेपालीमध्ये भिसा अवधि सकिएपछि पनि त्यहीँ बसिरहेका व्यक्तिहरूका लागि त्यहाँको सरकारसँग समन्वय गरी भिसा शुल्क तथा जरिवाना मिनाहा गराउँदै स्वदेश फिर्ता प्रक्रियामा सहजीकरण गरिएको थियो।

तर इमेल, फोन र ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि ६६ जना नेपालीले स्वदेश फर्किन आवश्यक पहल नगरेको पाइएको दूतावासले जनाएको छ।